पाल्पा । पाल्पाको पर्यटकीय स्थल रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाको सकुशल उद्धार गरिएको छ ।
रानीमहल क्षेत्रमा डुंगा पल्टिदा सातजना नदीमा खसेका थिए । ती मध्ये एक जनाको तत्कालै उद्धार गरिएको थियो भने बाँकी ६ जना बेपत्ता भएका थिए । उनीहरुलाई करिब दुई सय मिटर तलबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।