काठमाडौँ । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपाल मंगलबार इन्डोनेसियाविरुद्ध मैदान उत्रिँदैछ।
नेपालले तेस्रो तथा अन्तिम खेलमा इन्डोनेसियाको सामना गर्न लागेको हो। नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे कुवेतको जाबिर अल अहमद स्टेडियममा सुरु हुनेछ ।
नेपाल पहिलो जितको खोजीमा छ। यसअघि नेपालले लगातार दुई खेलमा पराजय भोगिसकेको छ।बुधबार भएको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भयो भने शनिबार भएको दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोल अन्तरले स्तब्ध भयो।
छनोटको समूह 'ए'मा रहेको नेपाल अंकविहीन रहदै पुछारमा रहेको छ। इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन्। यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछन्।