काठमाडौं ।झापाको भद्रपुरमा पारिवारिक विवादका क्रममा दाजुले छुरा प्रहार गर्दा भाइ घाइते भएका छन्।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दाजुलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५, सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन्।प्रहरीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएपछि घटना भएको हो। छुरा प्रहारबाट बाबुलालको घाँटीमा चोट लागेको छ। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ। घटनालगत्तै फरार भएका कुबराजलाई प्रहरीले आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।