काठमाडौं । नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा पराजित भएको छ । नेपालका पुरुष(महिला दुवै टोली पराजित भयो ।
महिलामा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्यो । एकलतर्फमयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे ।
युगलमा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए ।पुरुषमै बंगलादेशले माल्दिभ्स तथा भारतले भुटानलाई समान ३–० को नतिजामा पन्छाए ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको महिलामा माल्दिभ्सले नेपाललाई २–१ ले निराश पार्यो । पहि एकलमा प्राज्ना मानन्धरले कलिमलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाइन् ।
अर्कोमा निशानले शिभाली गुरुङलाई ६–१, ३–६ र ६–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् । निर्णायक युगलमा निशान र अलीको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६–० र ६–२ ले पाखा लगाउदै जित सुनिश्चित गरे । अन्य खेलमा श्रीलंकाले बंगलादेश तथा भारतले भुटानलाई समान ३–० ले हराए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको छ । पाकिस्तान बाहेक सबैले समान ३–३ महिला-पुरुष खेलाडीलाई सहभागी गराएका छन् । पाकिस्तानबाट भने ३ पुरुष खेलाडी मात्र सहभागी छन् ।
नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गरेको हो । पहिलो र दोश्रो हुने राष्ट्रले काजकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।