काठमाडौंको फोहोर बन्चरेडाँडामा फाल्न नदिने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित ५ जना रहेका छन्।
शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिकालगायत स्थानीयवासीबीच आजदेखी फोहोर फाल्ने सहमति भएको थियो। उक्त सहमतिअनुसार काठमाडौंबाट फोहोर बोकेका गाडी बन्चरेडाँडातर्फ गएका थिए।
तर, सरकारसंग भएको सहमति कार्यान्वयन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै स्थानीयले मंगलबार बिहानदेखि फोहोरका गाडी रोकेका थिए।
स्थानीयले रोकेको फोहोर बल प्रयोग गरेर भएपछि बन्चरेडाँडा लिने तयारीमा प्रहरी लागेको छ।