काठमाडौंको फोहोर विसर्जनमा स्थानीयले पुन: अवरोध गरेका छन् । सरकारसंग भएको सहमती कार्यान्वयन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै स्थानीयले मंगलबार बिहान फोहोरका गाडी रोकेका हुन् ।
बन्चरेडाँडा क्षेत्रका स्थानीयवासीले अहिले फोहोर बोकेका गाडी रोकेर अवरोध गरेका छन् ।उनीहरुले आफ्ना माग सम्बोधन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै आएका छन् । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका लगायत स्थानीयवासीबीच आजदेखी फोहोर फाल्ने सहमति भएको थियो।
उक्त सहमति भएसँगै फोहोर बोकेका गाडी आज बिहानैदेखि बन्चरेडाँडातर्फ जाँदै थिए । तर, स्थानीयले पुनः अवरोध गरेको काठमाडौं महानगरले जनाएको छ।