प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।
दुई नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। सो क्रममा लोसमा सरकारमा सहभागी हुने विषयमा छलफल भएको बताइएको छ।
आजै लोसपा पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक राखिएको थियो। सो बैठकमा आफू प्रधानमन्त्री देउवासँग भेट्न गइरहेको र त्यहाँ लोसपाले विगतदेखि उठाउँदै आएका मागका विषयमा कुरा राख्ने जानकारी नेताहरुलाई ठाकुरले गराएका थिए।
पाँच दलीय गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने चहलपहल सुरु भएका बेला प्रधानमन्त्री देउवाले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई आफ्नो निवासमा बोलाएर थाल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।