चितवनको सौराहमा लर्ड बुद्ध नमुना युनाइटेड नेसन (LB-MUN)आयोजना हुने भएको छ।
सिक्स हट्स प्रमुख आयोजक र एमजी ग्रुप सह–आयोजक रहेको LB-MUN कार्यक्रम सौराहमा जेठ १९ देखि २२ गतेसम्म हुने लागेको हो।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघको साधारण सभाको मोडलमा सञ्चालन गरिनेछ। साथै, सम्पूर्ण विद्यार्थी प्रतियोगिहरुलाई परिषद् (UNHCR, UNWOMEN, ECOSOC, IP) मा राखिनेछ।
कार्यक्रममा सहभागी बालबालिकालाई कुनै एक देश छनौट गर्न दिइनेछ र उक्त देशको विभिन्न वातावरणीय, भू–राजनीतिक एवम् विश्वव्यापी सरोकारका विषयहरुमा चर्चा र बहस गर्न लगाइनेछ।
यसले बालबालिकाको क्षमता प्रष्फुटन गर्ने अन्तर्राष्ट्रियस्तरको मञ्च पाउने र अनुसन्धान गर्ने बानीको विकास गर्ने आयोजकको भनाइ छ।
ठूला ठूलो मात्रै नभएर साना र सामुदायिक विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउने कार्यक्रमको उद्देश्य रहँदै आएको छ।
कार्यक्रममा सहभागी ४ जना बालबालिकालाई वेष्ट अवार्ड प्रदान गरिनेछ। कार्यक्रममा नेपालसहित बंगलादेशका करिब १० बढी विद्यार्थी सहभागी हुने अपेक्षा आयोजक सिक्स हट्स कम्पनीको छ।
झण्डै ४ वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय शिक्षा तथा शैक्षिक वृद्धि विकास गर्ने लक्ष्यका साथ स्थापना भएको सिक्स हट्सले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई अमेरिकालगायत यूरोपका विभिन्न मुलुकमा मुनका कार्यक्रमहरुमा सहभागी तथा भ्रमण गराइसकेको छ।
यस कार्यक्रममार्फत पनि उत्कृष्ट ३ प्रतियोगीलाई अमेरिकाको मुनमा सहभागी गराउन छात्रवृतिसमेत प्रदान गरिने जनाएको छ।
काठमाडौंमा रहेको एमजी ग्रुप सह–आयोजक रहेको कार्यक्रमा तीन रात र ४ दिन हुनेछ। यस कार्यक्रममा मुख्य अतिथि वागमती प्रदेशका उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ रहेका छन्। सार्थ, कार्यक्रममा विभिन्न शैक्षिक, गैर शैक्षिक संघसंथाका प्रमुखहरुको उपस्थिति रहनेछ।
कार्यक्रममा बालबालिकालाई मानसिक तथा शारिरीक रुपमा स्वस्थ तथा तन्दरुस्त बनाउन योगा, व्यायाम, ध्यान, सरसफाइ अनि WASH सम्बन्धी तालिम गराइने आयोजक संस्थाकी म्यानेजर इच्छा खतिवडाले जाकारी दिइन्।
कार्यक्रमको प्रत्यक्ष प्रसारण तथा विभिन्न जानकारीहरु आयोजक LB-MUN नामक सामाजिक सञ्जाल र http://sixhats.com.np/ मा उपलब्ध गरिनेछ।