प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले थप छलफलका लागि बिहीबार बिहान ११ बजे बैठक बस्ने सदनलाई जानकारी गराए ।
अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश गरको आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिहीबारको सम्भावित कार्यसूची सार्वजनिक गर्दे आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गरे ।