कबड्डी–४ की अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा छन्।
अभिनेत्री मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक मुगुका फुर्वा लामा मंगलबार दिउँसो रिहा भएका हुन्।
तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।
अभिनेत्री मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै लामाको भेषमा रहेका लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन्।
मगरले निर्दोष लामालाई फसाउन खोजेको भन्दै विरोध भएको थियो । केएल टावरमा अगाडि प्रदर्शन हुँदा फिल्म प्रदर्शन रोकिएको छ भने फिल्मको पोष्टरसमेत जलाइएको थियो।
यस विषयमा सामाजिक सञ्जाल दुई कित्तामा विभाजित छ। एक पक्ष पक्राउ परेका लामाको पोशाक हेरेर उनको नियत गलत हुनै नसक्ने अडान लिइरहेका छन् भने अर्काथरी तत्काल बोलेर मिरुनाले ठीक गरेको बताइरहेका छन्।
हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र कबड्डी–४ यस प्रकरणका कारण विवादमा तानिएको थियो। लामा रिहा भएसँगै यो विवादको अन्त्य हुने अपेक्षा गरिएको छ।