दाङको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमही आउँदै गरेको लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका–४ श्रीनारायण चोक नजिकै ठक्कर दिंदा सोही ठाउँका ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो।
बिहान ५ बजे गिरी सडकको छेउमा हिंडिरहेका बेला ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहाले जानकारी दिए। ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको उनले बताए।
मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।