सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ। संघीय संसदको बैठकबाट आज बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएपछि सो प्रस्ताव पारित भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ १० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।