कृषकले उत्पादन गरेको भिण्डीले मूल्य र बजार नपाएपछि पशुचौपायालाई खुवाउन सुरु गरेका छन् । उत्पादन गरेको लागत र श्रमको मूल्य नआउने भएपछि बजारमा बिक्री गर्नुको साटो पशुचौपायालाई खुवाउन सुरु गरेका हुन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–३ सुनवर्षीका तरकारी उत्पादक कृषक महेन्द्र केवटले आफूले लगाएको भिण्डी बिक्री नभएकाले भैँसीलाई आहाराका रुपमा खुवाएको बताए ।
विगत डेढ दशकदेखि व्यवसायीक तरकारी खेती गर्दै आएका केवटले एक साता देखी घरमा पालेको भैँसीलाई भिण्डी खुवाउँदै आएका छन्। करिब १ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका केवट यो मौसममा भिन्डी, घिरम्ला, खुर्सानी, काक्रो, बोडी लगायत तरकारी उत्पादन गरेका छन् । स्नातक उत्तिर्ण गरेका केवट परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्धेश्यले तरकारी खेतीमा आकर्षित भएका थिए ।
भारतीय सीमावर्ती क्षेत्रमा उत्पादन भएका तरकारी सस्तो मूल्यमा आयात हुन लागेपछि स्थानीयले आफूले उत्पादन गरेको तरकारी नपाएको दुखेसो पोख्छन् ।