देशभरका ७५३ पालिकामध्ये बाजुराको बूढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाबाहेक अरु सबै पलिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा पुनः मतदान हुने भएको छ भने त्रियुगा नगरपालिकामा मतगणना जारी छ ।जहाँ प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।कांग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले छ हजार २२६ मतसहित अग्रता लिइरहेका छन् भने प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीले पाँच हजार २७६ मत सहित पछ्याइरहेका छन् ।
यस्तै, उपप्रमुखमा कांग्रेसकै अग्रता छ । कांग्रेसका सरिता राइको पाँच हजार ६३१ मत छ भने प्रतिद्धन्दी नेकपा एमालेका महेश्वरी राइले पाँच हजार २३० मतसहित पछ्याइ रहेका छन् । सार्वजनिक मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३२८ पालिका जितेको छ । त्यस्तै, एमालेले २०५, माओवादी केन्द्रले १२१ वटा पालिका जितेको छ ।
जनता समाजवादी पार्टीले ३०, नेकपा (एकीकृत समाजवादी)ले २० र अन्यले ६४ पालिका जितेका छन् ।शुक्रबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १४० पालिकामा प्रमुख पद जितेको छ ।
यस्तै, नेकपा एमालेले ८२, नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख पद जितेको छ । नेकपा एकीकृत समाजवादीले १२ पालिकामा प्रमुख पद जित्दा अन्य पार्टीले ३१ पालिकामा प्रमुख पद जितेका छन् ।
४६० गाउँपालिकातर्फ सबै पालिकाको मतपरिणाम आएको छ । जसमध्ये कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेको छ । कांगेसले ११० पालिकामा उपप्रमुख पद जितेको छ । यस्तै, एमालेले ११३ पालिकामा उपप्रमुख पद जितेको छ ।
माओवादी केन्द्रले ३३,जनता समाजवादीले १२ र अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् । यस्तै, कांग्रेसले १९०, एमालेले १२६,मओवादी केन्द्रले ९५,जनता समाजवादी पार्टीले १९ र अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् ।