काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले सिस्डोल र बञ्चरेडाँडा अवलोकन गरेका छन् ।
विजयी घोषणा गरेको भोलिपल्ट उनी काठमाडौंको फोहोर व्यवस्थापन गरिँदै आएको ठाउँमा पुगेका हुन् ।
उनले फोहोर समस्याको दीर्घकालीन समाधान नभएसम्म जितको उत्सव नमनाउने बताएका छन् ।