९ लाख ५० हजार हुन्डीको रकमसहित जिल्ला प्रहरी कार्यालय पर्साले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी ४ बस्ने ४१ वर्षीय सञ्जय राम रहेका छन्।
उनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटमा खटिएको प्रहरी गस्ती टोलीले रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।
हुन्डीको रकम र मोटरसाइकलसहित पक्राउ परेका राम विरुद्ध बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाइएको छ।