काठमाडौं। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल सवार गाडी दुर्घटना भएको छ।
उनी चढेको प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी ललितपुरको स्टाफ कलेजनजिकै शुक्रबार दिउँसो टायर पन्चर भएर दुर्घटना भएको छ। टायर पञ्चर भएर उक्त गाडी बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा उनको टाउकोमा चोट लागेको छ। उनको टाउको ५ टाँका लगाइएको छ। उनको ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको छ।
उनको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ। अहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ।