नारायणगढ–मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी भएको छ।
शुक्रबार दिउँसो १५ किलो भन्ने ठाउँमा बिजुलीको पोलमा ठोक्किँदा गुडिरहेको यूपी १७ एटी ८६२७ नम्बर प्लेटको भारतीय ग्यास बुलेटमा आगलागी भएको हो।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्याँस बुलेटमा आगलागी भएपछि सडक अवरुद्ध भएको छ। आगलागीका कारण सडकमा ठूलो संख्यामा सवारी साधन रोकिएका छन्।