कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामेछाप गोकुलगंगा गाउँपालिका–१ का ३७ वर्षीय आशाबहादुर नेवार रहेका छन्। उनी स्कुटर चालक हुन्।
बिहीबार दिउँसो कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख ६१२१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा ८९ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
ठक्करबाट घाइते नेवारको उपचारको क्रममा बिएण्डबी अस्पताल ललितपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।