अग्नी पीडितलाई २८ क्वीन्टल धान सहयोगकैलालीका एक दम्पत्तीले कैलारी गाउँपालिका –७ विपतपुर मुक्त कमैया शिविरका अग्नी पीडित परिवारलाई २८ क्वीन्टल २१ किलो धान सहयोग गरेका छन् ।
सोही वडाको रतनपुर गाउँका भरथनियाँदेवी चौधरी र भरतकुमार चौधरीले अग्नी पीडित परिवारलाई आफ्नो निजी धान सहयोग गरेका हुन्। गत वैशाख ११ गते भएको आगलागीबाट पूर्ण र आङ्शिक गरेर ७१ घरमा क्षति पुगेको थियो ।
पूर्ण क्षति भएका परिवारको खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । अग्नी पीडित परिवारलाई केही हद्सम्म राहत पुगोस भनेर आफ्नो कमाइबाट सकेजति सहयोग गरेको भरतकुमारले बताए । उनले ५० किलो नुनसमेत सहयोग गरेको जानकारी दिए ।