पालिका चुनाव अन्तर्गत अब ९ वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाडौँ महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका, रौतहटको गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, दाङको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिका रहेका छन् ।