विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डा. ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन्।
उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी ५ वर्षे कार्यकालका लागि पुनस् महानिर्देशकमा निर्वाचित गरेका हुन्।
गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए। पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनस् अर्को कार्यकालका लागि निर्वाचित भएका हुन्। गेब्रेयसस एक्लो उम्मेदवार थिए।
महानिर्देशक डा गेब्रेयससको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्टदेखि सुरु हुने छ।