काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।
मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्। पछिल्लो मत परिणामअनुसार बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।
कांग्रेसकी सिंहले ३४ हजार ६०८ मत ल्याएकी छन्। बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन्। एमालेका स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्। काठमाडौं महानगरमा अहिलेसम्म एक लाख ७० हजार मतगणना भएको छ। बिहीबारसम्ममा सबै मतपरिणाम आइसक्ने बताइएको छ।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन साह – ५४ ,७१८
सिर्जना सिंह – ३४ ,६०८
केशव स्थापित – ३३ ,९७५