सिन्धुपाल्चोककोबाह्रबिसे नगरपालिकाका निवर्तमान नगरप्रमुख निमफुञ्जो शेर्पाले नेकपा एमालेको बागमती प्रदेश कमिटीबाट राजीनामा दिएका छन् ।
विगत तीन दशक अघि देखि नेकपा एमाले बाट राजनीति गर्दै आएका उनले एक प्रेस विज्ञप्ति मार्फत सोबारे जानकारी गराएका हुन् । यस पटकको स्थानीय तहको निर्वाचनलाई आफूलाई पार्टीले कुनै सहयोग नगरेको र आफ्नै कमजोरीको कारण हार व्यहोर्न बाध्य हुनुपरेको उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले अगाडी लेखेका छन्, ‘म पार्टीको प्रदेश कमिटीमा रहेको पनि निकै समय भयो तर यो कार्यकारी होइन रहेछ । पार्टीको काममा यिनीहरूको भूमिका नहुँदो रहेछ । यो अर्थमा मैले राजीनामा दिएको हुँ । जे गर्दा पनि हुने यस्तो कमिटीमा बस्नु औचित्य नभएको हुनाले मैले आजकै मितिबाट बागमती प्रदेश कमिटीबाट राजीनामा दिएको घोषणा गर्दछु । यसबाट आम सिन्धुबासी तथा बाह्रबिसे नगरबासीहरुलाई धन्यवाद समेत व्यक्त गर्दछु ।’
यस्तै निवर्तमान नगर प्रमुख शेर्पाले २०७४ को स्थानीय तहको निर्वाचनमा आफ्नो टिम र सिङ्गो पार्टीको सहयोगमा निर्वाचन जित्न सफल भएको बताएका छन् । सोही अनुसार विगत ५ वर्षको बीचमा बाह्रबिसेमा नेकपा एमाले बजबुत भएको उल्लेख गरेका छन् ।
यस्तो छ प्रेस विज्ञप्ति
सिन्धुपाल्चोक जिल्लाको राजनीतिक ईतिहासमा विगत ३ दशक अघि देखि नेकपा९एमाले०बाट राजनीति गर्दै आएँ । बाह्रबिसे नगरपालिकाको एउटा दुर्गम गाउँ मान्द्रामा जन्मिएर मेरा दाजु तथा एमालेका जनजाती नेता निमपासाङ शेर्पाको कईतिहासलाई कायम राख्दै र उहाँको सपनालाई पुरा गर्न राजनीतिमा निरन्तर लागे । त्यसबेला मैले पार्टीसंग कुनै पद र हिस्सा मागिन । मेरो त्यहि योगदान र लगानीलाई मूल्याङ्कन गरेर गत स्थानीय तहको निर्वाचनमा पार्टीले मलाई टिकट प्रदान ग¥यो । कांग्रेसको दवदवा रहेको बाह्रबिसे जस्तो ठाउँमा चुनाव जित्ने कुरा चानचुने थिएन । तर मेरो टिम र सिङ्गो पार्टीको सहयोगमा निर्वाचन हामीले जित्न सफल भयौं । सोही अनुसार विगत ५ वर्षको बीचमा बाह्रबिसेमा नेकपा (एमाले) बजबुत बन्यो । ताकी बाह्रबिसे नगर भित्र एमालेको संगठनमा फुटको कुनै असर परेन ।
दोस्रो स्थानीय तह २०७९ को स्थानीय तहको निर्वाचनमा समेत पार्टीले हामी मेयर उपमेयर दुवैलाई पुन ः टिकट दिएर मैदानमा पठायो । तर हाम्रो आफ्नै कमजोरीको कारण हार व्यहोर्न वाध्य भयौं । किनकी हामीले हार्न सकिने कुनै कारण थिएन । बरु पार्टी भित्रैका साथीहरुले गरेको बेईमानी र असयोगका कारण परिणाम भिन्न आयो । जुन तथ्य र कारण सहित म उल्लेख गर्न चाहान्छु । वडा नम्बर ९ राम्चेमा प्रदेश कमिटिमा ५ जना नेताहरु छन् । त्यस्तै जिल्ला कमिटिमा४ जना साथीहरु छन् भने नगर कमिटिमा सचिव नै हुनुहुन्छ । तर यति धेरै नेताहरुको यो पंक्तिले आवश्यक परेको बेलामा खासै काम केही पनि नगर्दो रहेछ भन्ने मेरो बुझाई छ ।
मलाई हराउन राम्चेमै १ सय ६३ मत मलाई मात्र नहालेको देखियो । यसले पनि के पुष्टी गर्छ भने केन्द्रीय लगाएत प्रदेश तथा जिल्ला नेताहरुले केही गर्न सक्नु हँुदो रैनछ भन्ने मेरो ठम्याई हो । जिल्ला ईन्चार्ज तथा अध्यक्ष लगाएत जिल्लाका नेताहरुको समेत भूमिका विहिन रह्यो ।म पार्टीको प्रदेश कमिटिमा रहेको पनि निकै समय भयो तर यो कार्यकारी होईन रहेछ । पार्टीको काममा यिनीहरुको भूमिका नहुँदो रहेछ । यो अर्थमा मैले राजिनामा दिएको हुँ । जे गर्दा पनि हुने यस्तो कमिटिमा बस्नु औचित्य नभएको हुनाले मैले आजकै मितिबाट बागमति प्रदेश कमिटिबाट राजिनामा दिएको घोषणा गर्दछु । यसबाट आम सिन्धुबासी तथा बाह्रबिसे नगरबासीहरुलाई धन्यवाद समेत व्यक्त गर्दछु ।
निमफुञ्जो शेर्पा
निवर्तमान नगरप्रमुख बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक