काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभा गृहमा जारी मतगणना जेठ १२ गते बिहीबार दिउँसोसम्म सम्पन्न हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले मतगणनामा सबै प्रतिनिधिबाट सहयोग भएको र सो कार्य यसैगरी अघि बढेको खण्डमा सो दिनको २ बजेसम्ममा सम्पन्न हुने बताए।
महानगरमा एक लाख ९१ हजार १८६ मत खसेको थियो। हालसम्म एक लाख ५५ हजार बढी मतगणना भएको छ।
जसमा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। मतगणना सुरुदेखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्।
उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्। मतगणना उत्तरार्धमा पुग्दा शाहको जित करिब सुनिश्चित भएको छ।
हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितसँगको मतान्तर बढाउँदै छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन साह – ५२,५७४
सिर्जना सिंह – ३२,६१२
केशव स्थापित – ३१,४२२
गन्न बॉकी ७ वटा वडामा ३०,०२३
उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ।