पोखरा महानगरमा मंगलबार दिउँसोदेखि स्थगित भएको मतगणना पुनः सुचारु भएको छ । पोखरा महानगरपालिका १८ मा खसेको मत र गणना भएको मतपत्र अपुग भएपछि मतगणना रोकिएको थियो ।
पोखरा १८ का एमालेका उम्मेदवारले पुनः मतगणनाको माग राखेपछि पोखरा २२, ३२ र ३३ को जारी मतगणना रोकिएको थियो । पोखरा १८ को निवेदनमा कार्यालय गम्भीर रहेको र यस विषयमा थप कारवाहीका लागि कार्यालय प्रतिवद्ध हुने सहमति पछि पुनः मतगणना सुचारु हुने भएको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराइले जानकारी दिए ।
केही समय मै मतगणना हुन बाँकी वडाको गणना सुरु हुने उनले बताए। पोखरा १८ को हकमा निवेदन परिसकेपछि कानुनी प्रक्रियामा जाने उनको भनाई थियो । अहिलेसम्म पोखराका १ लाख ३९ हजार ४ सय ११ मत गणना भएको छ । पोखरामा १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो । अब ३ हजार ८ सय १५ मत गणना गर्न बाँकी रहेको छ ।