चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका छन्।
उनीहरूले मंगलबार कलेज र शिक्षणविरुद्ध नारावाजी गर्दै महानगरीय प्रहरी वित्त गौशालामा प्रदर्शन गरेका छन्।
ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ। त्यसबारेमा अहिले प्रहरीले अभिभावक, शिक्षक र विद्यार्थीहरुबीच छलफल गरिरहेको छ।