डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् ।
नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए।
उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भइन्। निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याइन्। इन्दुदेवी यादव निवर्तमान उपप्रमुख हुन्।
वडाध्यक्षमा एमाले र कांग्रेसले चार/चार, जसपा र लोसपाले एक/एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ।
योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ। कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ। जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक/एक स्थानीय तहमा विजयी हासिल गरेको छ।
अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ। रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिएका छन् । उनलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ्याइरहेका छन्।