काठमाडौं महानगरपालिका–२४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका विनोदकुमार राजभण्डारी विजयी भएका छन्। उनले एक हजार १३२ मत प्राप्त गरे।
राजभण्डारीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का सुजन विलास बज्राचार्यले ९२४ मत ल्याए।
नेकपा (एकीकृत समाजवादी) का बालकृष्ण श्रेष्ठले ६७१, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविबहादुर शाक्यले २२५ र नेकपा (माओवादी केन्द्र)का राजेन्द्र श्रेष्ठले २५ मत ल्याए।
सो वडाको महिला सदस्यमा कांग्रेसका सुनिता महर्जन र सदस्यद्वयमा कांग्रेसका रत्नाकार बज्राचार्य र एमालेका कृष्णमान सिंह निर्वाचित भए।