काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।
मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
१ लाख ९ हजार ५ सय ३७ मतगणना हुँदा कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ३९५१५
सिर्जना सिंह – २२२७०
केशव स्थापित – २१७७५