शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन्।
श्रेष्ठले दुई हजार ३१७ मत पाएको नगर निर्वाचन कार्यालय जनाएको छ।
उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन्। नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन्।
नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ। उनले तीन हजार ४९४ मत पाएकी छन्। उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएकी छन्।