काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।
भर्खँरै सार्वजनिक मतपरिणामअनुसार बालेनले अग्रता कायमै राखेका छन्।
नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो र तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छन्।
काठमाडौंको ताजा मतपरिणामः
बालेन शाह– ७०८९
केशव स्थापित– ३७४६
सिर्जना सिंह– ३३००
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। पछिल्लोपटक वडा नम्बर ५ को मतगणना सुरु भएकोमा त्यहाँ पनि स्वतन्त्र उम्मेदवार साहले अग्रता लिएका छन्। काठमाडौं ५ मा हाँडीगाउँ, विशालनगर, टंगाल, भाटभटेनीलगायतका स्थानहरु पर्छन्।
अहिलेसम्म काठमाडौंको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ भने हाल ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ। सबैमा बालेन अगाडि छन्।