चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ ।
पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी भए। उनले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार लोकबहादुर सारुमगरलाई पराजित गरे।
बोगटीले तीन हजार ३०५ मत ल्याए भने सारुले ३ हजार २८१ मत प्राप्त गरे।
उपाध्यक्षमा नेपाली कांग्रेसका धनदेवी थापाले तीन हजार ४४९ मत ल्याएर विजयी भइन्। उपाध्यक्षमा एमालेका दीपादेवी साउदले तीन हजार १२१ मत प्राप्त गरिन्।
६ वडा रहेको सो पालिकामा ५ वडामा वडाध्यक्षसहित एमाले विजयी भएको छ भने एउटा वडामा कांग्रेस विजयी भएको छ।