काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर बढाउँदै गएका छन्।
सोमबार पौने १२ बजे सार्वजनिक मतपरिणामअनुसार बालेनले अग्रता कायमै राखेका छन्।
नेकपा एमालेका उम्मेदवार केशव स्थापित दोस्रो र तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छन्।
काठमाडौंको ताजा मतपरिणामः
बालेन शाह– ६८८६
केशव स्थापित– ३४१३
सिर्जना सिंह– ३००९
काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ। पछिल्लोपटक वडा नम्बर ५ को मतगणना सुरु भएकोमा त्यहाँ पनि स्वतन्त्र उम्मेदवार साहले अग्रता लिएका छन्।
सो वडामा बालेनले ३३१ भोट ल्याउँदा एमालेका केशव स्थापितले २४६ र कांग्रेसकी सिर्जना सिंहले १७१ भोट ल्याएकी छन्। काठमाडौं ५ मा हाँडीगाउँ, विशालनगर, टंगाल, भाटभटेनीलगायतका स्थानहरु पर्छन्।
अहिलेसम्म काठमाडौंको वडा नम्बर १ र २ को मतगणना सम्पन्न भइसकेको छ भने हाल ३, ४, ५, ६, ३१ र ३२ को मतगणना जारी छ। सबैमा बालेन अगाडि छन्।
समग्रमा बालेनले ६ हजार ६९२, स्थापितले ३ हजार ५६२ र सिंहले ३ हजार १२६ भोट ल्याएका छन् ।