थप ४ पालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका, रोल्पाको थवाङ गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।
योसँगै माओवादीले हालसम्म ८ पालिकामा विजयी भएको छ।
जन्तेढुंगा गाउँपालिका
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई विजयी भएकी छन् ।
उनले २८८१ मत ल्याउँदा एमालेका शंकरबहादुर राईले २५७५ मत ल्याए ।
उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित हुँदा एमालेकी विमला राईंले २४९५ मत ल्याइन्।
थवाङ गाउँपालिका
रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाऋषिकेशव बुढामगर निर्वाचित भएका छन्।
स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मत अन्तरले पछि पार्दै बुढामगर निर्वाचित भए। बुढाले २१२२ मत पाउँदा रोकाले १५०६ मत पाए।
उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकी शर्मिला बुढामगर २ हजार १२२ मत ल्याई विजयी भएकी छन् । थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए।
लिम्चुङबुङ गाउँपालिका
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई विजयी भएका छन् ।
राई २ हजार ५१ मत ल्याएर विजयी हुँदा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए।
यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई एक हजार ९३३ मत पाएर निर्वाचित हुँदा नेकपा एमालेकी देव कुमारी कार्कीले एक हजार ७३ मत पाइन् ।
नौगाड गाउँपालिका
दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादीका दलजित धामी अध्यक्षमा ३ हजार ५९८ मत प्राप्त गरी विजयी भएका छन्।,
एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार १९१ मत पाए।
उपाध्यक्षमा पनि गठबन्धनबाट कांग्रेसका जगतसिंह ठगुन्ना ३७६७ मतसहित विजयी भएकी हुँदा एमालेकी गौरीदेवी ठगुन्नाले २८६७ मत प्राप्त गरिन्।