भरतपुरमा रोकिएको मतगणना सुचारु भएको छ। यसअघि एमालले विरोध गरेपछि २५ मिनेटसम्म मतगणना रोकिएको थियो।
सुर्य चिन्हमा स्वस्तिक छाप नबुझिएको भन्दै मत बदर भएको भनेर निर्वाचन अधिकृतले भनेपछि विवाद भएको थियो। त्यसपछि एमालेका प्रतिनिधिहरु गणनास्थलबाट बाहिरिएका थिए।
सर्वदलिय बैठकको निणयअनुसार स्वस्तिक चिन्ह प्रष्ट भएको चिन्हलाई मात्रै सदर मान्ने भएकाले सोहि अनुसार सहमति भएर पुन मतगणना सुचारु भएको हो।
यस्तो छ हालसम्मको नतिजाः
मेयर
माओवादीकी रेनु दाहालः १७२७ मत
एमालेका विजय सुवेदीः १६४७
बागी उम्मेदवारी जगन्नाथ पौडेलः ५७९ मत
उपमेयर
कांग्रेस उम्मेदवार १८९५ मत
राप्रपा उम्मेदवारः १३३३ मत