नेकपा एमाले सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमा पराजित भएका छन् ।
उनका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका–१ को वडा सदस्यमा पराजित भएका हुन् ।
पौडेल कांग्रेसका सम्भव अर्यालसँग पराजित भए। विजयी अर्यालले १ हजार ११२ मत ल्याए भने पौडेलले ६४५ मत मात्रै पाए।
पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चुनावमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरू धैर्य बनौं।’
वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् ।