थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा एमालेका प्रकाश रोकाया र उपाध्यक्षमा कांग्रेसका रामबहादुर खाती निर्वाचित भए ।
एमालेका उम्मेदवार रोकाया २ हजार ७७४ मत ल्याएर निर्वाचित भए भने दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार ११२ मत र तेस्रो स्थानमा रहेका एकीकृत समाजवादीका विनोद थापाले एक हजार २०३ मत प्राप्त गरे । यहाँ एकीकृत समाजवादीलाई नेपाली कांग्रेसलगायतका दलको समर्थन थियो ।
त्यस्तै, उपाध्यक्षमा कांग्रेसका खातीले तीन हजार १५० मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका मीरादेवी रावलले दुई हजर ५८७ मत मात्रै प्राप्त गरिन् ।
त्यस्तै, वडा नम्बर १ को अध्यक्षमा रबिन्द्र जोशी (माओवादी), २ को अध्यक्षमा रबिन्द्र खाती (एमाले), ३ को अध्यक्षमा प्रकाश भण्डारी (माओवादी), ४ मा रामचन्द्र जोशी (काङ्ग्रेस), ५ मा नर बहादुर खाती (काङ्ग्रेस), ६ मा अनिल कुमार बिष्ट (समाजवादी), ७ मा किस्ने सार्की (एमाले), ८ मा कवि राज जोशी (एमाले) र ९ मा लोकेन्द्र बिष्ट (समाजादी) विजयी भए।