नवलपुरको बौदीकाली गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा र उपाध्यक्षमा एमालेकै डिलकुमारी सारु विजयी भइन्।
अध्यक्षमा एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए।
उपाध्यक्षमा एमालेकी सारुले ३ हजार ९६२ र धनकान्ति घिमिरेले ३ हजार ५०६ मत पाइन् ।
डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी
बडीकेदारमा कांग्रेस
यस्तै, डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद २ हजार ३४३ मत प्राप्त गरी अध्यक्षमा विजयी हुँदा नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार डम्मरी विष्टले २ हजार ४०७ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन्।