नेपाली कांग्रेसले सातै प्रदेशमा खुला सभा गर्ने भएको छ।स्थानीय चुनाव केन्द्रित सभाहरू वैशाख २१ गतेदेखि सुरू भई वैशाख २७ मा सकिनेछ।
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय चुनाव परिचालन समितिले सभा आयोजना गरेको हो। जिल्ला कार्यसमितिहरूको संयोजनमा सभाहरू हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
पौडेलका अनुसार मोरङमा वैशाख २१ गते, धनुषामा, वैशाख २२ गते,काठमाडौंमा वैशाख २३ गते, कास्कीमा वैशाख २४ गते,रुपन्देहीमा वैशाख २५ गते, सुर्खेतमा वैशाख २६ गते र कैलालीमा वैशाख २७ गते सभा गर्नेछ।
यस्तै उपसभापति धनराज गुरूङको नेतृत्वमा कांग्रेसले देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन गरेको छ। उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ।