स्थानीय तह निर्वाचनमा ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ ।
निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ ।
जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार ७८९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १ लाख ५३ हजार २ सय २० जनाको उम्मेदवारी पर्दा स्वतन्त्रबाट मात्रै १२ हजार ७८९ जनाको उम्मेदवारी परेको हो । वैशाख ३० गते ३५ हजार २२१ पदका लागि स्थानीय तहको निर्वाचन हुँदैछ ।

