नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा एमालेसँग चुनावी तालमेल गरेका पूर्व कांग्रेस डडेल्धुरा सभापति कर्ण मल्लले चुनाव प्रचारका लागि कार्यालय खोलेका छन्।
उनलाई नेपाली कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि उनले नेकपा एमालेसँग मिलेर चुनाव प्रचारका लागि डडेल्धुरामा संयुक्त कार्यालय खोलेका हुन्।
उनले नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेस बिपीको चुनाव प्रचार कार्यालय डडेल्धुरामा खोलेका हुन्।उनले डडेल्धुराका बिभिन्न पालिकामा नेकपा एमालेसँग गठबन्धन गर्दै मेयर, उपमेयरसहित विभिन्न पदमा उम्मेदवारी दिएका छन्।