सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिन्धुलीमाडीबाट चकमके वाङरिङ जाँदै गरेको जीप तीनपाटन गाउँपालिका वडा नं. ५ नक्कलेमा दुर्घटना भएको हो ।
दुर्घटनामा सोही गाउँपालिका ९ आम्बोटेका ४५ वर्षीय तुलसीराम पहाडी, ५१ वर्षीय रामजीप्रसाद भण्डारी र कमलामाई नगरपालिका ७ का ३० वर्षीय रुपा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।
वाग्मती प्रदेश ०१०२ च ०४५ नम्बरको जीपमा सवार अन्य ७ जना यात्रु घाइते भएका छन् । घाइतेको स्थानीय बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।