सत्ता गठबन्धनको बैठक बागी उम्मेदवारी फिर्ता लिन पुनः आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बिहान बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन पुनः आग्रह गरेको हो ।
।
बागी उम्मेदवारी फिर्ता गराउन दलका प्रतिनिधिहरुले पहल गर्ने र गठबन्धनबाहेकका दलबाहिर गरिएको गठबन्धन खारेज गर्ने बैठकले निर्णय गरेको छ ।
साथै पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरुसँग भएको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारवाही गर्ने बताइएको छ ।
गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता नभए पार्टीबाट स्वतः निष्काशित हुने चेतावनी दिएको छ ।
निर्वाचन आयोगले आज अपराह्न ५ बजेसम्म स्थानीय तह सदस्य निर्वाचनमा मनोनयन गरेका व्यक्तिले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने जनाएको छ ।