कैलालीको गोदावरी नगरपालिकामा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी रिता खड्का एमाले प्रवेश गरेकी छन्।
बिहीबार अत्तरियामा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी प्रवेश गराएका हुन्।
खड्काले १२ गते माओवादीबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन्। एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन्।