नेपाल वायु सेवा निगमको ए–३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।
दिउँसो ३ बजे उडान निर्धारित भए पनि दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। जहाज ५:५५ बजे अवतरण भएको हो।
अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थलमा पहिलो पटक वाईडबडीले उडान भरेको हो।