सत्तारुढ गठबन्धनको बैठकले गठबन्धनको निर्णय विपरित दर्ता गरिएका उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको छ ।
आज बसेको सत्तारुढ गठबन्धनको बैठकले गठबन्धन भित्रैबाट दर्ता गरिएका बागी र स्वतन्त्र उम्मेदवारी फिर्ता गराउने निर्णय गरेको हो ।
त्यस्तै, भागवण्डा टुंगो नलागेका स्थानमा समझदारी गर्ने, गठबन्धनबाहेक एमालेलगायतका दलसँग तालमेल नगर्ने तथा गरेको ठाउँमा खारेज गर्ने निर्णय गरेको छ ।
