आमाछोदिङमो गाँउपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्षको उम्मेदवारमा गरिएको मनोनयन रद्ध भएको छ ।
२०७४ सालमा वागमती प्रदेश संसदको बन्दसूचीमा नामवली रहेका टेम्रेल तामाङले अध्यक्षमा उम्मेदवार दिएपछि उनको मनोनयन दर्ता नगरिएको सहायक निर्वाचन अधिकृत अमरबहादुर जिसिले जानकारी दिए ।
तात्कालिन नयाँ शक्ति पार्टीबाट वागमती प्रदेश संसदमा तामाङको नाम बन्दसूचीमा समावेश गरिए पनि हालसम्म नहटाएपछि उनको मनोनयन दर्तामा कानुनी बाधा पुगेको हो । नयाँ शक्ति पार्टीबाट तामाङ नेकपा (एमाले) प्रवेश गरेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले कानुनी अड्चन आएसँगै निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा जानकारी सहितको प्रतिवेदन पेश गरिएको जनाएको छ ।
आयोगको केन्द्रीय कार्यालयको निर्णय नै अन्तिम हुने तर बन्दसूचीबाट नयाँ शक्ति पार्टीले नाम नहटाएका कारण मनोनयन दर्ता हुने सम्भावना भने नभएको कार्यालयले जनाएको छ ।