शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत हेमन्त भट्टराई इन्टरनेशनल एजुकेशन रिप्रेजेन्टेटिभ्स इनिसिएटीभ नेपाल (आइरिन)को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
करिव दुई दशकदेखि नेपालको शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत भट्टराई आठौं साधारण सभाबाट आइरिनको अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । योसंगै भट्टराईले १० सदस्यीय कार्यसमितिको नेतृत्व गरेका छन् ।
वर्तमान कार्यसमितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भट्टराई हाल मेन्टर इन्टिच्युसनका संस्थापक प्रवन्ध निर्देशकको रुपमा कार्यरत छन् । भट्टराईले यसअघि आइरिनमा एक्ज्यूकेटिभ बोर्ड मेम्बर, सचिव, महासचिव (दुई कार्यकाल) को पदमा रहेर कार्य सम्पन्न गरिसकेका छन् ।
करिव दुई दशकदेखि नेपालको शैक्षिक परामर्शको क्षेत्रमा कार्यरत भट्टराईले आफ्नो नेतृत्वमा आइरिनलाई नयाँ उचाई दिने अपेक्षा गरिएको छ ।
आइरिनको नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमा कँडेल, महासचिवमा योगेश क्षेत्री, सचिवमा मञ्जु धमला थापा, कोषाध्यक्षमा देवराज थापा तथा सदस्यहरूमा ओम प्रकाश उपाध्याय, लक्ष्मण योङ्जन, सुजन थापा र डेभिड शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ कार्यसमितिले संरक्षकको रूपमा संस्थापक अध्यक्ष उत्तमप्रसाद पन्तलाई मनोनित गरेको छ ।
साधारण सभामा अतिथिका रुपमा इक्यानका अध्यक्ष प्रकाश पाण्डे, एरी नेपालका अध्यक्ष द्वीराज शर्मा सिवाकोटी, फेकनका अध्यक्ष बासु नेपाल, नाकीका अध्यक्ष अखिल चापागाईंलगायत परामर्श व्यवसायीहरु उपस्थिति थिए ।