काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात केजी थाई गाँजासहित तीन जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार शनिबार थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आइपुगेका एक भारतीय र दुई नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २८ वर्षीय सचिन दुबे, गुल्मीको चन्द्रकोट गाउँपालिकाका २७ वर्षीय रामु सार्की र बागलुङको बरेङ गाउँपालिका–३ का २८ वर्षीय सन्देश सुनार रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट सात केजी गाँजासहित तीन थान राहदानी र तीन थान मोबाइल बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले एयर ड्रायर र बिस्कुटका बट्टाभित्र लुकाएर गाँजा ल्याएका थिए।पक्राउ परेका तीनै जनामाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान अघि बढाएको जनाएको छ।